नियम ३२
सलामी रकममा छूट दिन सक्ने

यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाली पर्वतारोही दल, विदेशी पर्वतारोही दलसँग सम्मिलित नेपाली पर्वतारोही दलका सदस्य वा देहायका
हिमालचुली आरोहण गर्ने जुनसुकै पर्वतारोहीलाई यस नियमावली वमोजिम लाग्ने सलामी दस्तुरमा आंशिक वा पूरै छुट दिन सक्नेछ :
(क) एक आर्थिक वार्षमा तीन भन्दा कम पर्वतारोही दलले आरोहण गर्ने न्यून चाप रहेको हिमालचुली,
(ख) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका हिमालचुली,
(ग) प्राविधिक रुपले सजिलो र छोटो अवधिमा आरोहण गर्न सकिने हिमालचुली,
(घ) नेपाल सरकारले तोकिदिएका खास हिमालचुली,
(ङ) जेष्ठ १५ गतेदेखि भाद्र १५ गतेसम्म र पौष १ गतेदेखि फाल्गुण १५ गतेसम्मको अवधिमा आरोहण गर्ने अन्य जुनसुकै हिमालचुली ।